वीरगञ्जको सिर्सिया नदी किनारमा वृक्षारोपण शुरु
विरगञ्ज | असार २०, २०८०
काठमाण्डौ: पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।
प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो ।
नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो ।
मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ । महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ ।
पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

